पुस १३, २०७९
१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना’दयगत थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८