• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ-सिके राउत

  • खबरदाता

सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ-सिके राउत

पुस ११, २०७९

 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको टिप्पणी गरेका छन् ।

आइतबार दिउँसो बालकोट पुगेका थिए राउत । उनी नेतृत्वको पार्टीको समर्थनसहित माओवादी अध्यक्ष प्रचण्ड प्रधामन्त्री नियुक्त भएका छन् ।

सत्ताको पहिलो कक्षाबाट विरक्त लागे पनि काँधमा जनताको अपेक्षा र जिम्मेवारी भएकै कारण आफू बाध्य भएर सत्ताको खेलमा लागेको आशय उनले पोखेका छन् ।

आइतबार दिउँसो बालकोट बैठकमा बसेका राउतले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास (आज) मै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस् म त सुनिरहें ।’

राउत यतिमै रोकिंदैनन् उनी अगाडि लेख्छन्, ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर, आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’

 

  • प्रकाशित मिति : पुस ११, २०७९, सोमवार ०९:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८