मंसिर २५,२०७९
चितवन – सालको काठ सहित भरतपुरबाट प्रहरीले तीन मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीले जनाए अनुसार आइतबार राती १ बजेको समयमा चितवनको भरतपुर ११ भोजाड स्थित खगेरी पुल नजिकैबाट ना १६ प २०५७,ना ६ प २६४२ र ग ४ प ५९४३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
नवजागृती सामुदायिक वनबाट पदमपुर तर्फ लुकाई छिपाई लैजादै गरेको ३ गोलिया सालको काठ प्रहरीले बरामद गरेको हो।
काठ तस्कर मोटरसाइकल छाडी भागेको र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८