मंसिर १३ ,२०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल मंसिर १३ गते मंगलबार, ईसं. २९ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष षष्ठी, नक्षत्र- श्रवण, योग- ध्रुव, करण- तैतिल, चन्द्रराशि- मकर, सूर्योदयः ६ः३६, सूर्यास्तः १७ः०६ ।
मेष – आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
वृष – चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन – प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट -अन्योलका बीच लक्षित कार्यमा अवरोध हुनेछ ।
सिंह -मान(सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या – दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला – जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
वृश्चिक – आँटेको काम तत्काल बन्ने समय छ ।
धनु -स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर – आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ – रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मीन – माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८