• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फिफा विश्वकपमा अमेरिका र इंग्ल्याण्ड बीचको खेलमा गोलरहित बराबरी

  • एजेन्सी

फिफा विश्वकपमा अमेरिका र इंग्ल्याण्ड बीचको खेलमा गोलरहित बराबरी

मंसिर १०,२०८९

 

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।

कतारको अल बायट रंगशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान १र१ अंक बाँडेका छन् । समूह ‘बी’मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् ।

समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले २र२ वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अंक बनाएको छ ।

इरानले इंग्ल्याण्डसँग पराजय व्यहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अंक बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अंक बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अंक मात्र बनाएको छ ।

अब मंसिर १४ गते बुधवार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने २ टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२ः४५ मा हुनेछ ।

  • प्रकाशित मिति : मंसिर १०, २०७९, शनिवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८