• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचण्डको क्षेत्रमा राप्रपाका बिक्रम पाण्डे भारी मतले बिजयी

  • खबरदाता

प्रचण्डको क्षेत्रमा राप्रपाका बिक्रम पाण्डे भारी मतले बिजयी

मंसिर ९, २०७९

 

चितवन — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो क्षेत्रबाट अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए । त्यो बेला पाण्डे नै दाहालका निकटतम प्रतिद्वन्द‍्वी रहेका थिए । यो पटक पाण्डेले सत्तारूढ गठबन्धनका उम्मेदवार रहेका माओवादी केन्द्रकै डा.भोजराज अधिकारीलाई पराजित गरेका हुन् ।

 

अन्तिम मत परिणाममा पाण्डेले ३४ हजार ६६२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका डा।अधिकारीको २४ हजार ६७१ मत आयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदा स्वतन्त्र उठेका दिनेश कोइरलाको १२ हजार ५७ मत आयो । कोइरालालाई एमालेले समर्थन गरेको थियो ।

 

५६ सालयताका संसदीय र संविधानसभाका हरेक निर्वाचनमा राप्रपाबाट उम्मेदवार हुँदै आएका पाण्डेको यो दोस्रो जित हो । पाण्डे यसअघि ७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन(५ बाट विजयी भएका थिए । ७४ सालको निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन(३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पाण्डे वाम गठबन्धनबाट उम्मेदवारमाओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पराजित भएका थिए । यो निर्वाचनमा दाहाल चितवन छाडेर गोरखा गए । पाण्डेले बिना कुनै गठबन्धन सत्तारूढ गठबन्धनबाट उठेका माओवादी केन्द्रका डा।अधिकारीलाई पराजित गर्नुका साथै उनको पार्टी राप्रपाका उम्मेदवार, चितवन(३ को प्रदेशसभाका दुईमध्ये एउटामा विजयी भए । अर्को क्षेत्रमा निकटतम प्रतिस्पर्धी रहे । यो सँगै चितवनका प्रतिनिधिसभाका सबै तीन क्षेत्रको नतिजा आएको छ ।

चितवन १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ ।

 

 

  • प्रकाशित मिति : मंसिर ९, २०७९, शुक्रवार २३:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८