• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ओली र प्रचण्डको टेलिफोन संवादले भत्किएला गठबन्धन ?

  • खबरदाता

ओली र प्रचण्डको टेलिफोन संवादले भत्किएला गठबन्धन ?

मंसिर ९, २०७९

 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक हुदै गर्दा अगामी सरकार गठनमा राजनीतिक दलका बीचमा छलफल सुरु भएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा सरकार गठनको विषयमा टेलिफोनमा छलफल भएको हो ।

नेकपा बिभाजन भएपछि एक अर्काका बिरुद्धमा बिभिन्न आरोप लगाउँदै आएका ओली र प्रचण्डका बीचमा सरकार गठनको विषयमा छलफल भएपछि नेपाली राजनीतिमा चर्चाको बिषय बनेको छ । दुई ध्रवमा विभाजित एमाले र माओवादीका बीचमा नेकपा बिभाजन भएपछि दुरी बढदै गएको हो ।

एमाले प्रतिपक्षी दलसंग गठबन्धन गरेर निर्वाचनमा सहभागि भएको थियो भने माओवादीले सत्तारुढ नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चासंग गठबन्धन गरी निर्वाचनमा होमिएको थियो । दुबै दलले निर्वाचनको समिक्षा गर्नुभन्दा अघि नै अगामी सरकार गठनमा सहकार्य गर्नुपर्ने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । निर्वाचनको सबै परिणाम सार्वजनिक भएपछि बसेर छलफल गर्ने बिषयमा ओली र प्रचण्ड सहमत भएका छन ।

एमाले अध्यक्ष ओलीले गोरखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भएपछि बधाई दिनका लागि फोन गरेको उनका स्वकिय सचिव रमेश बज्राचार्यले बताए । बिहिबार दिउँसो टेलिफोनमा बधाई दिदै ओलीले आगामी सरकार निर्माणको ’दयगतमा छलफल गर्नका लागि आग्रह गरेका थिए ।

‘बिहिबार दिउँसो फोनमा कुराकानी भयो । दुबै जना अध्यक्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बधाई साटासाट भयो । निर्वाचनको परिणाम सार्वजनिक भईसकेपछि कसरी जाने भन्ने ’दयगतमा छलफल हुनसक्छ भनेर प्रचण्ड कमरेडले भन्नुभयो’ बज्राचार्यले भने, ‘अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा सहित अरु नेताहरुलाई समेत निर्वाचित भएपछि बधाई दिनुभएको छ ।’

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा टेलिफोन छलफल भएको बताए । ‘अध्यक्ष ओली कमरेडले फोन गर्नुभएको थियो, दुबै जनाका बीचमा बधाई साटासाट भयो । आगामी दिनमा मिलेर अगाडी बढने बिषयमा छलफल भयो । एमालेका अरु वरिष्ठ नेताहरुले समेत अध्यक्षज्यूलाई फोनमा बधाई दिदै कसरी जाने ’दयगतमा कुरा गरिराख्नुभएको छ’ मल्ले भने ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समेत अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिए । ‘मैले दिउसो फोन मार्फत उहाँलाई बधाई दिए । उहाँले पनि तपाईको राम्रो छ भन्दै बधाई दिनुभयो । निर्वाचन भईसकेर मतपरिणाम सार्वजनिक भएपछि निश्चिय नै राजनीतिक दलका बीचमा कसरी अगाडी बढने ’दयगतमा छलफल हुन्छ, त्यो स्वभाविक कुरा नै हो, यो त नयाँ कुरा होईन् । हामी बीचमा पनि काठमाडौं पुगेपछि छलफल हुन्छ, उहाँले हुन्छ भन्नुभयो’ नेम्वाङले भने ।

बधार्ई दिन तथा आगामी दिनको सहकार्यको वारेमा नेताका बीचमा छलफलका साथै विगतका तितामिठाको ’दयगतमा समेत संक्षिप्त कुराकानी भएको छ । ओलीले कम्युनिष्टहरु बिभाजन गर्न केही देशीबिदेशी शक्ति लागेकाले टाढिदै जाँदा दुरी बढदै गएको र अब बसेर छलफल गर्नुपर्ने भने ।

प्रचण्डले छलफल गर्नका लागि कुनै समस्या नभएको बताउदै बिगतको ’दयगतमा समेत समिक्षा गरेर अगाडी बढनुपर्ने जवाफ दिए । अरुको नभई ओलीको विगतको कार्यशैलीकै कारण यहाँसम्मको अवस्था सृजना भएको टिप्पणी गर्दै प्रचण्डले बिगतको पनि समिक्षा गर्नुपर्ने कुरा उठाए ।

उता गौरमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अवसरवादी कम्युनिष्टसंग सहकार्य नहुने बताए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष नेपालले वाम एकीकरण हुन सक्ने बताउदै मतमरिणाम सार्वजनिक भएपछि छलफल हुने बताए । निर्वाचनको समिक्षा गर्दै अगाडी बढनुपर्ने बताउदै उनले पूर्ण नतिजा सार्वजनिक भएपछि सरकार गठनको ’दयगतमा पनि छलफल हुने बताए ।

सरकार निर्माणका लागि एक सय ३८ सांसद आवश्यक हुन्छ । तर एमाले र माओवादी केन्द्रको बहुमत आउँदैन् । राजनीतिक दलहरुले गठबन्धनको सरकार बनाउँनुपर्ने बाध्यताका कारण मिलेर नै अगाडी बढनुपर्ने हुन्छ । कुनै एक दलको बहुमतको सरकार निर्माण हुन नसक्ने अवस्थामा एकले अर्कोलाई फकाएर गठबन्धनको सरकार बनाउँन राजनीतिक दल अब आन्तरिक छलफलमा जुटदैछन् ।

निर्वाचन अघि एक मिडियालाई अन्तरवार्ता दिदै एमाले अध्यक्ष ओलीले एमाले र कांग्रेसको समेत गठबन्धनको सरकार बन्न सक्ने बताएका थिए ।

  • प्रकाशित मिति : मंसिर ९, २०७९, शुक्रवार २१:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८