• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

काठमाडौं-५ मा कांग्रेसका पौडेलको अगाडि

  • खबरदाता

काठमाडौं-५ मा कांग्रेसका पौडेलको अगाडि

मंसिर ६, २०७९

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन् ।

अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको ६ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको ४ हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिएका हुन् ।

यस क्षेत्रमा कूल ७० हजार ९ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार ९ सय ९७ मत खसेको थियो । काठमाडौं क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९, मंगलवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८