मंसिर ४,२०७९
नेकपा एकीकृत समाजवादी ९एस०का अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर वडा नम्वर २ मा मतदान गरेका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गौरस्थित राम जानकी प्राविमा विहान मतदान गरेका हुन् ।
रौतहट जिल्लामा दुई सय ७६ स्थायी र दुई अस्थायी मतदान स्थल छन् । जिल्लामा ५ सय २३ मतदान केन्द्र रहेका छन् । तीमध्ये एक सय ४९ मतदानस्थल अतिसंवेदनशील र एक सय एक मतदान स्थल संवेदनशील सूचीमा छन् । समाचार तयार पार्दासम्म जिल्लाका सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८