कात्तिक २१,२०७९
टीकापुर । सुदूरपश्चिममा ३५२ मतदान स्थल अति संवेदनशील रुपमा रहेका छन् । प्रदेशभित्र रहेका एक हजार १६१ मतदान स्थलमध्ये ३५२ मतदान स्थल अति संवेदनशील रुपमा मानिएका हुन् ।
जम्मा मतदान स्थलमध्ये ४०४ मतदान स्थल संवेदनशील र ४०५ स्थल सामान्य रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी जानकारी दिएको छ । कैलालीका २३७ मतदान स्थलमध्ये ५३ अति संवेदनशील, १३१ संवेदनशील र ५३ सामान्य अवस्थामा रहेका छन् ।
कञ्चनपुरमा ६६ अति संवेदनशील, २६ संवेदनशील र ४० सामान्य अवस्थाका मतदान स्थल छन् । डडेल्धुरामा १३२ मतदान स्थल रहेका छन् । ती स्थलमध्ये २३ अति संवेदनशील, ४१ अति संवेदनशील र ३७ सामान्य मतदान स्थल रहेका छन् । बाजुराका ७० मतदान स्थलमध्ये ४३ अति संवेदनशील, २३ संवेदनशील र चार सामान्य रहेका छन् ।
डोटीमा अति संवेदनशील नौ, संवेदनशील ३० र सामान्य ७६ गरि ११५ मतदान स्थल रहेका छन् । अछामका १३० मतदान स्थलमध्ये अति संवेदनशील ६०, संवेदनशील ५० र सामान्य २० मतदान स्थल रहेका छन् ।
बैतडीका १२९ मतदान स्थलमध्ये ३१ अति संवेदनशील, ३४ संवेदनशील र ६४ सामान्य स्थल रहेका छन् । यस्तै, दार्चुलामा अति संवेदनशील ११, संवेदनशील ११ र सामान्य ९० गरि ११२ मतदान स्थल रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कुल दुई हजार १४६ मतदान केन्द्र रहेका छन् ।।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८