• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

घुस रकमसहित पक्राउ

  • खबरदाता

घुस रकमसहित पक्राउ

असोज ३१ ,२०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले विशेष उजुरी एवं सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । अपरेटर यादवलाई सेवाग्रहीसँग रु पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको उनले जानकरी दिए । निजलाई नियन्त्रणमा लिएर थप कारबाही अगाडि बढाइएको बताइएको छ ।

  • प्रकाशित मिति : असोज ३१, २०७९, सोमवार १९:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८