• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हराउन नसकिने भएपछि मेरो टिकट खोसियो : भीम रावल

  • खबरदाता

हराउन नसकिने भएपछि मेरो टिकट खोसियो : भीम रावल

असोज २७,२०७९

नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्।

‘मलाई टिकट नदिएको विषयमा होइन एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको हुँ। एमालेमा योगदान नगरेका व्यक्तिलाई टिकट दिनु स्वेच्छाचारी र अन्यायपूर्ण छु, उनले भने।

आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाए।

‘अछाममा मैले चुनाव जित्ने वा हार्ने सोधखोज गर्दा हराउन नसकिने निष्कर्षपछि मेरो उम्मेदवारी रोकिएको सुनियो, उनले भने।

‘होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छरुु, उनले भने।

अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ।

  • प्रकाशित मिति : असोज २७, २०७९, बिहीवार १३:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८