• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गच्छदारको उम्मेदवारी विरुद्ध आयोगमा उजुरी

  • खबरदाता

गच्छदारको उम्मेदवारी विरुद्ध आयोगमा उजुरी

असोज २४, २०७९

 

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारले सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन्।

गच्छदारको उम्मेदवारी विरुद्ध सोमबार एक युवाले निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएका हुन्।

गच्छदारविरुद्ध उजुरी आएको जानकारी निर्वाचन आयोगले जनाएको छ। आयोगले उक्त उजुरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएको छ।

आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो।

त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो।

२०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर थियो।

त्यस प्रकरणका एक मुख्य आरोपी गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए।

गच्छदारलाई वि।सं।२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएको आरोप छ।

प्राप्त उजुरी अध्ययन गरी छानबिन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।

  • प्रकाशित मिति : असोज २४, २०७९, सोमवार १५:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८