असोज २३,२०७९
चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने भएका छन ।
आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै छन भने डा भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै छन ।
पौडेल नेपाली कांग्रेसका तर्फबाट र अधिकारी नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बन्न लागेका हुन। पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिइसकेको बताएका छन ।
अधिकारीले आजै मात्र राजिनामा दिएका हुन । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन भने अधिकारी फिजिसियन हुन । उनीहरुले आज खैरहनी र रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्दै छन ।रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८