• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

  • खबरदाता

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

असोज ९,२०७९

चितवन – नारायणगढ मुग्लिन सडक खण्डमा टिपरले स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ।

प्रहरीले जनाए अनुसार आइतबार  अन्दाजी ३:२०  बजेको समयमा भरतपुर २९ स्थिति भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना८ख ४५६२ नम्बरको टिपरले नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका स्कुटर चालक देवघाट गाउँपालिका ५ तनहुँ बस्ने बर्ष ५२ का बिक्रम तामाङलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा निजको ३ :३९ बजेको समयमा मृत्यु भएको हो।

टिपर र टिपर चालक सिन्धुली कमलामाई नगरपालिका बस्ने बर्ष २९ को सुमन बरुवाललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको  चितवन प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असोज ९, २०७९, आइतवार १७:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८