• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सर्बोच्च जाने तयारीमा रहेका चोलेन्द्रलाइ निवासमै नजरबन्द !

  • खबरदाता

सर्बोच्च जाने तयारीमा रहेका चोलेन्द्रलाइ निवासमै नजरबन्द !

असोज २, २०७९

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने प्रयास असफल भएको छ। सरकारको आदेशमा प्रहरीले सुरक्षा नदिएपछि उनी बालुवाटारस्थित निवासमै रोकिएका हुन् ।

निवासमै रोकिनु परेपछि जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’ निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ ।

संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा लागेका हुन् । तर, संघीय संसदले गत फागुन १ गते राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद र प्रधानन्यायाधीश जबरा समेतलाई लेखेको पत्रमा महाभियोग टुंगो नलागेसम्म जबराले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने उल्लेख छ ।
चोलेन्द्रको निवासमा यतिबेला बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • प्रकाशित मिति : असोज २, २०७९, आइतवार १२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८