• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

  • खबरदाता

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

असोज १,२०७९

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ। बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो। सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो।

तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो। बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ। नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिए। बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ।

बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍याएको छ। शुक्लाफाँटा १२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ। नदी किनारका वस्ती डुबानमा परेका छन्। बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन्।रासस

  • प्रकाशित मिति : असोज १, २०७९, शनिवार १७:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८