• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पुलबाट हामफालेर चितवनमा आज पनि एक पुरुष बेपत्ता

  • खबरदाता

पुलबाट हामफालेर चितवनमा आज पनि एक पुरुष बेपत्ता

 

भदौ ३१,२०७९

चितवन – चितवनमा आज पनि पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन।

प्रहरीले जनाए अनुसार शुक्रबार साँझ अन्दाजी ५:२५ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थित तनहुँ र चितवन जोड्ने पुरानो पक्कि पुलबाट पुरुष हामफालेका हुन।

बागमती प्रदेश ०२ -०३१ प ५२१४ नम्बरको मोटरसाइकल पुलको साइडमा राखेर उनी खोलामा हामफालेका थिए। मोटरसाइकलमा रहेको झोलामा दोलखा जिल्ला गैरिमुदी- ९ को बर्ष २७ को निराजन घिमिरे नाम भएको लाईसेन्स समेत फेला परेको प्रहरीले जनाएको छ।

अहिले प्रहरी र शसस्त्रको गोताखोर टोलि समेतले खोजी गरिरहेको जनाइएको छ।

बिहिवार मात्रै चितवनकै नारायणी पुलबाट कालिका नगरपालिका ७ जुटपानीका अनुप पोखरेल हामफालेर बेपत्ता भएका थिए।

  • प्रकाशित मिति : भदौ ३१, २०७९, शुक्रवार १९:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८