• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

एक महिनामा थपिए १ लाख ९३ हजार संक्रमीत

  • खबरदाता

एक महिनामा थपिए १ लाख ९३ हजार संक्रमीत

बैशाख १६,२०७८

नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ । नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका संक्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा संक्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनका अनुसार यस हप्ता यहाँको संक्रमण दर भारतको जस्तै रहेको छ ।

गतवर्ष भारतमा नेपालको भन्दा एक महीनाअघि नै बढी संक्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको संक्रमणको दर एउटै रहेको उनले जानकारी दिए । ‘चार हप्तामा भारतजस्तै नेपालमा संक्रमणको दर छिटो छिटो बढेको छ’, उनले भने, ‘नेपालमा भारतमा भन्दा बढी संक्रमण दर रहेको छ ।’

नेपाल भारतभन्दा दु्रत गतिमा संक्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको उनले जानकारी दिए । संसारभरमा नेपाल अहिले संक्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाए । एक जनाले दुई जनाभन्दा बढीलाई संक्रमण सारिरहेको छ । बुधवार मात्र चार हजार ८९७ जनामा संक्रमण देखिएको छ । हालसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा संक्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।

उनका अनुसार यही दरमा संक्रमण फैलिने हो भने एक महीनामा एक लाख ९३ जना संक्रमित हुनेसक्ने छन् ।

‘एक वर्षमा जति संक्रमित फेला पारेका थियौँ, संक्रमित यही दरमा बढ्ने हो भने हामी तीन महीनामा विगत एक वर्षको संक्रमितको संख्या पुग्ने छ’, उनले भने, ‘संक्रमतिको संख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा संक्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।’

  • प्रकाशित मिति : वैशाख १६, २०७८, बिहीवार ०२:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८