वैशाख ८,२०७८
चितवन । पछिल्लो २४ घन्टामा २८७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७६ हजार ९३ रहेको छ । यो ९५।३ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ८९ हजार ७८७ सय पुगेको छ ।
देश भर ८८४४ जनाको पिसिआर परिक्षण गर्दा २२२० र ८०३ जनाको एन्टिजेन परिक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये उपत्यका भित्रका १०५१ र चितवनका २० जना रहेका छन्।
आज थप १० जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ११२ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५८२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८६ छ ।
हालसम्म नेपालमा १९ लाख ६१ हजार ९९२ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८