• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

मंगलवार ४३० संक्रमित मध्ये २५९ जना उपत्यका भित्रका

  • खवरदाता

मंगलवार ४३० संक्रमित मध्ये २५९ जना उपत्यका भित्रका

पौष–२८ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३९० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५९ हजार ३५८ रहेको छ । यो ९७.६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५ हजार ३ सय जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

आज चितवनमा १७ र काठमाडौं उपत्यकामा २५९ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या १९३२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ४०८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २३७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १५७ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५ सय भन्दा बढी संक्रमित रहेका छन् भने ताप्लेजुङ, रुकुम पश्चिम, मुगु र बाजुरा जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस २८, २०७७, मंगलवार ११:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८