• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

महिनौँ लाग्न सक्छ कोरोना ठिक हुन

  • खवरदाता

महिनौँ लाग्न सक्छ कोरोना ठिक हुन

पौष–२८, २०७७

कोभिड– १९का कारण अस्पतालमा उपचार गराइएका धेरैलाई ६ महिनासम्म असर गरेको चीनको एक अध्ययनले देखाएको छ । धेरैलाई सुत्न अप्ठेरो हुने र अल्छी लाग्ने समस्या रहँदै आएको छ । कोरोनाका उद्गमस्थल मानिएको हुवानमा गरिएको अध्ययनले ७६ प्रतिसतमा अस्पतालबाट डिस्चार्ज भएको कम्तीमा एक महिनासम्म कुनै न कुनै लक्षण देखिएको हो ।

सङ्क्रमणबाट मुक्त भए पनि सधैँ भरी असर गर्न सक्ने सम्भावना पनि देखिएको छ । मेडिकल जर्नल लान्सेटमा प्रकाशित प्रतिवेदन अनुसार ६ महिनासम्म ६३ प्रतिसतमा अल्छी लाग्ने र २६ प्रतिसतमा सुत्दा समस्या भएको पाइयो । २३ प्रतिसतमा दीर्घकालका लागि एन्साइटी र डिप्रेसनको समस्या रहेको छ । धेरैको एक्सरे रिपोर्ट हेर्दा बिस्तारै फोक्सो ड्यामेज हुँदै गएको पनि पाइएको छ । यो अध्ययन पछि अस्पतालबाट डिस्चार्ज हुनेहरू पनि नियमित अस्पतालको सम्पर्कमा रहन र चेक गराउन आवश्यक रहेको छ ।

अहिले संसार भरका वैज्ञानिक कोभिडको दीर्घकालीन असरका बारे अध्ययन गरिरहेका छन् । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सन(सिडीसी)ले प्रायमा अल्छी लाग्ने,कफ,जोर्नी दुख्ने र छाती दुख्ने समस्या रहेको जनाएको छ । यसै गरी, केहीमा एकाग्रता नहुने र टाउको दुख्ने लगायतका समस्या छन् । केहीमा महिनाको असर देखिएको छ । अस्पताल भर्ना हुन नपरेकाहरूका पनि लामो समयसम्म असर रहेको देखिएको छ ।

बेलायतको एक अध्ययनले अस्पतालबाट डिस्चार्ज भएको १२ सातासम्म अर्को एक खाले समस्या. प्रोलोगोन्ड इलनेस भएको तथ्य निकालेको थियो ।

हुवानमा यो अध्ययन गर्नका लागि ब्लड टेस्ट मात्र लिइएन, गम्भीरतापूर्वक यसलाई लिएर भिन्न प्रश्न सोधिएका थिए । शारीरिक परीक्षण र ६ मिनेटको हिँडाइ परीक्षण पनि गरियो । यसमा धेरै बिमारीले सहभागिता जनाएनन् । तर, यसरी सहभागी नजाएका मध्य १३ प्रतिसतमा पनि किड्नीको समस्या देखियो ।

  • प्रकाशित मिति : पुस २८, २०७७, मंगलवार ०२:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८