आज ५२७ निको हुदा ४८८ संक्रमित थपिए

  • खवरदाता
  • पुष २७, २०७७

पौष–२७ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ५२७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५८ हजार ९६८ रहेको छ । यो ९७.६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५ हजार ३०९ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
आज चितवनमा १६ र काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिए । देशमा थप १० जनाले ज्यान गुमाउँदा कुल संख्या १९२७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३७३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २३७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १६३ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने ताप्लेजुङ र मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८