• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आइतबार ५१३ निको हुँदा ५ जनाले ज्यान गुमाए

  • खबरदाता

आइतबार ५१३ निको हुँदा ५ जनाले ज्यान गुमाए

 

पौष–२६,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ५१३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ४८ हजार ४४१ रहेको छ । यो ९७।६ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४२८६ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

आज चितवनमा १ र काठमाडौं उपत्यकामा १२६ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या १९१७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ४२२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २५९ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १९१ र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने ताप्लेजुङ ,सोलु र मुगु संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस २६, २०७७, आइतवार ११:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८