• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

खोप आपूर्तिका लागि बेलायतको सहयोग

  • खबरदाता

खोप आपूर्तिका लागि बेलायतको सहयोग

पौष २६,२०७७

बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरसविरुद्धको खोपको सहज आपूर्ति व्यवस्था मिलाउन एक अर्ब डलर छुट्याउने भएको छ।
यो रकम विश्वका विभिन्न दाताहरूबाट सङ्कलन गरिएको बेलायत सरकारले जनाएको छ ।

बेलायत सरकारले अन्य दाताले चार डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ। कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ । क्यानडा, जापान र जर्मनीले मुख्य रूपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् ।

यस कोषका लागि एक अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरूको रहेको छ । बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड (१९ को खोप वितरण गरिने छ।

बेलायती विदेश मन्त्री डोमिनिक रावले जारी गरेको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताए। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार बेलायती विदेश मन्त्री राब र प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम रहेको रावले बताएका छन् ।

  • प्रकाशित मिति : पुस २६, २०७७, आइतवार ११:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८