• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अनेरास्ववियूको दाने समूहले सडकमै गर्यो बहस

  • खवरदाता

अनेरास्ववियूको दाने समूहले सडकमै गर्यो बहस

पौष २५, २०७७
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमनकारी कदमका विरुद्ध सडक संघर्ष गर्दै आएको अनेरास्ववियू दाहाल -नेपाल (दाने) समूह ले सडकमै बहस गरेकोछ ।

भरतपुरको चौविसकोठीमा आयोजित उक्त बहस कार्यक्रममा बोल्ने बक्ताहरुले जनताले ५ बर्षको लागि मत दिएको सरकारले जनतालाई नै कुठाराघात गरेको आरोप लगाए । झण्डै दुई तिहाईको मत पाएको प्रधामन्त्रीले ओलीले स्थिर रुपमा विकासका कार्यक्रमहरु ल्याउनुपर्ने अवस्थामा संविधानको खिलाफमा काम गर्न थालेको बताए । त्यतिमात्रै नभई उनले आफ्नै पार्टी विभाजित हुने खालको कदम समेत चालेको केही वक्ताहरुले बताएका थिए ।

आफ्नौ पार्टीको सरकार भएपनि संविधान विरोधी कदम ओली सरकारले चालेका कारण आफूहरु सडकमा आएर बहस गरेको विद्यार्थी नेताहरुले बताए थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यार्थी नेता परमेश्वर खनालले भने,“यो अवस्था आउनुमा केपी ओलीको मात्रै दोष छैन। प्रचण्ड र माधव नेपाल पनि यसका हकदार हुन् । यो उनीहरुको भागवण्डा नमिल्दा उपज हो । अव मुद्दा अदालतमा छ । अदालतको निर्णय हामी मान्छौँ । ”

अर्का वक्ता अधिवक्ता समेत रहेका गोकर्ण सापकोटाले सरकार आउने बेलाको धारालाइ सरकार चलिरहदा प्रयोगमा ल्याउनु प्रधानमन्त्रीको महागल्ती भएको बताए ।
बामवुद्धिजिवी प्रेम रिमालले प्रधानमन्त्री ओलीले कानूनको अपव्याख्या गर्दै गल्ती गरेको र अव सो गल्तीलाई जनतासामु गएर मैले महसुस गरे भनिदिए पुग्छ । कान समाएर उठबस गर्नुपर्दैन । विद्यार्थीले त्यो महसुस गर्न ओलीलाई वाध्य बनाउनुपर्ने बताए ।

प्राध्यापक हरि अधिकारीले काम चलाउन सरकारका प्रधानमन्त्रीले पार्टी ध्वस्त बनाएको आरोप लगाए । उनले भने,“यो अनिष्टता ल्याउने काम ओलीले मात्रै नभएर भारत देखि अमेरिकासम्मको ग्राइनडिजाइनमा भइरहेको छ ।”

त्यस्तै २०१७ साल र २०७७ सालको चेतनामा कतिपनि भिन्नता नआउनुले प्रधानमन्त्रीको हैसियत र उनी नयाँ संविधानवारे कति जानकार छन् भन्ने प्रष्ट भएको बक्ता डा सुवास वस्नेतको भनाई थियो ।

रोहीत सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारवादी राजेन्द्र पौडेल, प्राध्यापक तीर्थ पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको साकार लामाले सहजीकरण गरेका थिए ।

  • प्रकाशित मिति : पुस २५, २०७७, शनिवार १२:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८