आज ६९९निको हुँदा ३६२ संक्रमीत थपिए

  • खबरदाता
  • पुष २५, २०७७

 

पौष–२५,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ६९९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने कुल संख्या संख्या २ लाख ५७ हजार ९२८ रहेको छ । यो ९७।५ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४२४६ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

आज चितवनमा १९ र काठमाडौं उपत्यकामा १९४ जना संक्रमित थपिए । देशमा थप ३ जनाले ज्यान गुमाउँदा कुल संख्या १९१२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार २८६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २६२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १८६ र भेन्टिलेटरमा ३८ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु र सोलुखुम्बु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:पुष २५, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८