• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

आज १३०४ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता

आज १३०४ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर १६,२०७७

भरतपुर । आज ८ हजार ५८३ नमुनाको परिक्षण गर्दा १ हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ३०४ जना संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार ६३३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ९९८ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ६३५ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज चितवनमा ३८ र काठमाण्डौं उपत्यकामा ५३० जना संक्रमित थपिए। हाल देशभरमा ३७० आईसियुमा छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २०७३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यो ९२ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २१ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्यु हुनेकोे जम्मा संख्या १५२९ पुगेको छ।

  • प्रकाशित मिति : मंसिर १६, २०७७, मंगलवार १०:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८