• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

आज थपिए १५१३, सक्रिय संक्रमित २० हजार नाघे

  • संबाददाता

आज थपिए १५१३, सक्रिय संक्रमित २० हजार नाघे

आश्विन–१३,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८९१ नमुनाको परिक्षण गर्दा १ हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ५५६ महिला र ९५७ पुरुष गरि १५१३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २० हजार ३९६ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ७०७ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५५ हजार ३७१ पुगेको छ । यो ७२.६ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ३ महिला र ७ पुरुषगरि १० जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ४९१ पुग्यो ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८