• भदौ १६, २०८३, मंगलवार Tuesday, 01 September, 2026

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

  • खबरदाता

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट-नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ। उक्त घरबाट सुरक्षाकर्मीको र टोलीले सोमबार ६ वटा शव निकालेको छ । अन्य १६ वटा शव मंगलबार निकालिने भएको छ।

बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारलाई तहसनहस बनाएको थियो। बाढी आएको छैटौँ दिनपछि बल्ल सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको उक्त घरभित्र एकै ठाउँमा २२ जनाको शव भेटिएको हो ।

बाढीका बेला ती मानिस त्यस घरमा भेला भएको हुन सक्ने अनुमान गरिएको छ। अहिले भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बेत्रावतीमा पुरिएको एक घरभित्र ठूलो संख्यामा शव भेटिएको बताएका छन् । सोमबार केही शव निकालिएको बताएका छन् । बाँकी शव संकलनको काम मंगलबार निकालिने उनले बताए।

यसअघि बेत्रावतीस्थित पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गरेका थिए। प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धारका लागि आग्रह गरिँदा सुनुवाइ नभएको उनले बताएका छन् ।

  • प्रकाशित मिति : भदौ १६, २०८३, मंगलवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८