• भदौ १५, २०८३, सोमवार Monday, 31 August, 2026

२०० भन्दा बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि

  • खबरदाता

२०० भन्दा बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि

नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण अति प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मका अनुसार विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा व्यापक क्षति पुगेको छ । बाढी–पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता छन् । कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ । विभिन्न विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन छन् ।

कम्तीमा नौवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयहरूमा कुल दुई हजार ४२५ जना विद्यार्थी अध्ययनरत थिए । तीमध्ये धेरै विद्यालय लेदोले पुरिएका वा बाढीले बगाएका छन् ।

एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको छ । बीबीसी

  • प्रकाशित मिति : भदौ १५, २०८३, सोमवार ०९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८