सडकमा लेदोसहितको पहिरो थुप्रिँदा आज बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सोमबार बिहान करिब ४ बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेको छ।
लेदोसहितको पहिरोले अहिले बीपी राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको र सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको विष्टले बताए।
प्रहरीले बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
बर्खा लागेदेखि रातको सययमा भने बीपी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८