• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन गर्न सरकारको निर्देशन

  • खबरदाता

सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन गर्न सरकारको निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सरकारी सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको छ।
प्रशासन शाखाबाट जारी पत्रअनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रकाशनमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी सञ्चार माध्यमको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

निर्देशनअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका निकायले सार्वजनिक खरिद लगायतका सूचनाहरू प्रकाशन गर्दा गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यम प्रयोग गर्नुपर्नेछ।

त्यस्तै, यस्ता सूचनाको प्रकाशन तथा प्रसारणबापतको भुक्तानी सम्बन्धित सञ्चार संस्थाको खातामै सिधै जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, भुक्तानीको दर र छुटसम्बन्धी व्यवस्था पनि आधिकारिक रूपमा स्वीकृत हुनुपर्ने भनिएको छ।

सरकारको यो कदमले निजी सञ्चार माध्यममा पर्ने प्रभाव र सूचना प्रवाहको पहुँचका विषयमा बहस सुरु हुने देखिएको छ।

  • प्रकाशित मिति : चैत १९, २०८२, बिहीवार १२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८