• भदौ २८, २०८२, शनिवार Saturday, 13 September, 2025

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

  • खबरदाता

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ, यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।”

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ । रासस

  • प्रकाशित मिति : भदौ २८, २०८२, शनिवार ०६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८