• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने
  • खबरदाता

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् । गत शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पुगेर पदभार ग्रहण गर्न लागेकी हुन् । पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलागी हुँदा बचेका...

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन मिति...

नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले लिइन् शपथ
  • खबरदाता

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले...

कार्की प्रधानमन्त्री नियुक्त, मन्त्रीमा कुलमान र ओम अर्याल
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस् आजै कुलमान घिसिङ र...

शीतलनिवासबाट सेनाले हटायो पत्रकार, सडक खाली गरिँदै
  • खबरदाता

नेपाली सेनाले राष्ट्रपति भवन शीतलनिवास क्षेत्रमा कडाइ गरेको छ । साँझ ७ बजेदेखि कर्फ्यु सुरु भएसँगै सेनाले सडक खाली गरिरहेको हो । त्यसक्रममा सेनाले पत्रकारहरूलाई समेत हटाएको छ । शीतलनिवासमा अन्तरिम सरकार गठनका लागि छलफल चलिरहेको छ ।

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे
  • खबरदाता

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त...

हिँजो सहमति जुटेन,सुशीला कार्की र राष्ट्रपति पौडेलबीच आज वार्ता हुँदै
  • खबरदाता

जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो । बिहीबारको वार्तामा संसद् विघटन नगरी अन्तरिम सरकार बनाउने अथवा गरेर भन्ने विषयमा...

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी, संसद् विघटनमा कुरा मिलेन
  • खबरदाता

जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन् । तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको नियुक्तिमा ढिलाइ भएको छ ।...

शान्तिपूर्ण निकासका लागि जेनजीलाई प्रचण्डको १० बुँदे अपिल
  • खबरदाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्तालाई शान्तिपूर्ण निकासका लागि अपिल गरेका छन् । जेनजीको दुई दिनको आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रचण्डले यस्तो आह्वान गरेका हुन् । प्रचण्डको अपिलमा भनिएको छ, ‘प्रतिकूल अवस्थामा पनि भविष्यप्रति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८