• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

चितवनका ४६ सहित २५ सय बढी थपिए

  • खबरदाता

चितवनका ४६ सहित २५ सय बढी थपिए

वैशाख १०,२०७८

चितवन । पछिल्लो २४ घन्टामा ४१० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७६ हजार ७५५ रहेको छ । यो ९३.९ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६०१ सय पुगेको छ ।

देश भर ८७९८ जनाको पिसिआर परिक्षण गर्दा २४४९ र ८६६ जनाको एन्टिजेन परिक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ४६ जना र  काठमाडौँ उपत्यकामा  ९४० जना  थपिएका छन्

आज थप ५ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १२२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ७२४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७५ छ ।
हालसम्म नेपालमा १९ लाख ७८ हजार २३९ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन्।

  • प्रकाशित मिति : वैशाख १०, २०७८, शुक्रवार ११:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८