• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

सरकारले गरेका मेलामा कोरोना लाग्दैन हो ?


सरकारले गरेका मेलामा कोरोना लाग्दैन हो ?

दिनहुँ स्वास्थ्यले निकालेका नियम र बन्देज सामान्य जनताका लागिमात्र । बेलुका ७ बजे जनताका सटरमा बन्द गर्न भन्दै सिठ्ठि फुक्न लगाउने प्रहरी र प्रमुख जिल्ला अधिकारीले कुन मुखले नियम पालना गराउलान !

बैशाख ८,२०७८ – केपी शर्मा

चितवन । चितवनको माडिमा आज राम,सीता,लक्ष्मण र हनुमानको मुर्ति स्थानपना गरिएको छ । सरकार आफैले गरेको निर्णयको ठाडो उल्लघंन गर्दै सो कार्यक्रम सम्पन्न गरिएको हो ।

हजारौंको संख्यामा सर्बसाधरणको भेला गरि मंगलबार काठमाडौंबाट ल्याइएका राम सीता लक्ष्मण र हनुमानको मुर्ति माडि नगरपालिकाको वडानम्वर ९ अयोध्यामा एक समारोहको आयोजना गरि स्थापना गरिएको छ।

पछिल्लो समय देशमा कोरोना संक्रमण अत्याधिक बढीरहेको र सरकारलेनै सार्बजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको तीन दिनकै दिनमा सरकारकै निर्देशनमा यस्तो मेलाको आयोजना गरिएको हो।
कार्यक्रममा सरकारका मन्त्री ,सभासद, प्रदेश प्रमुख , लगायत सरकारी तहको उपल्लो निकायका धेरैको बाक्लो उपस्थिती थियो।

त्यसो त यो नेपालीका लागि गौरवको विषय हो । निर्णय गर्नुअघिको पूर्व निर्धारित कार्यक्रम पनि । यति हुँदा हुँदैपनि अचम्म त यो थियो कि यतिका संख्यामा सर्बसाधारण भेला भएको स्थानमा मंचमा आशन ग्रहण गरेका कसैले पनि भौतिक दुरि त के कुरा मास्क समेत लगाएका थिएनन्। कार्यक्रमका सभापति देखि प्रमुख अतिथि, विशिष्ट अतिथि कसैको मुखमा मास्क थिएन । ड्यासको अघिल्लो लाइन र पछिल्लो लाइनमा बस्नेले मास्क नै नलगाएका हुन् । पछिल्लो लाइनमा बसेका केहीले भने मास्क लगाएका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सहित केही व्यक्तिले मास्क लगाएपनि अधिकाँशले वेवास्ता गरे ।

भीडभाड भएपनि मास्क अनिवार्य लगाउन गरेको आग्रहलाई उनीहरुले ठाडो उल्लघंन गरेका छन् । त्यसो त मास्क नलागाए उनीहरुलाई नै वेफाइदा त हो नि भनिएपनि उनीहरुको गतिविधिबाट सर्वसाधरणको सिकाई हुने भएकाले यो विषय उठान हुन जरुरी देखिन्छ । अझ त्यसमा सर्वसाधरणका लागि प्रहरी प्रशासन लगाएर नियम मान्न लगाउने सरकार नै यसरी नियमको सामान्य मापदण्डलाई समेत लत्याउँदा प्रश्न उठेको हो ।

कार्यक्रममा प्रदेश २ का प्रमुख राजेश अहिराज, केन्द्रका संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल, चितवन निर्वाचन क्षेत्र नं। २ का सांसद कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य पार्वती रावल, वागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थराज भुषाल, माडी नगरप्रमुख ढाकुर ढकाल सहितले मास्क लगाएका थिएनन् । दावा दोर्जे लामाले सुरुमा मास्क लगाइरहेपनि आफू एक्लै मास्क लगाउनेमा परेका उनले पनि पछि त मास्क खोले । मुख्यमन्त्री पौडेलले चिउडामा मास्क लगाए । तर अन्यको मास्क कहाँ थियो कुन्नि देखिएको थिएन।

बाहिर स्वयम् सेवकले भने सर्बसाधारणलाई मास्क, सेनीटाइजर बितरण गरिरहेका थिए। त्यो दृश्य देखेका धेरैले सरकार सँगै आयोजक संवेदनशील भएछ है भन्ने परिरहेका सर्वसाधरण कार्यक्रमस्थलमा पुग्दा पनि नाटकै गरेका रहेछन् भन्ने परेको थियो ।

स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन जनतालाई सतर्कता अपनाई कोरोनाबाट बच्ने सामान्य स्वास्थ्य मापदण्ड मास्क लगाइरहने, सावुन पानीले हात धुने सेनिटाइजर लगाउन भन्दै सूचना जारी गर्दै आएको छ । तर हजारौँको त्यो भीडमा सर्वसाधरणका अधिकाँश मुखमा मास्क देख्न सकिन्थ्यो तर अतिथि बनेर गएका उच्च ओहोदाका व्यक्तिहरुले भने यसको ठाडो उल्लघंन गरेका थिए ।

भीड बढ्न सक्ने देखेरै चितवन राष्ट्रिय निकुञ्जको बाटो वरपर सालको रुखमा भौतिक दुरी कायम गरौँ, कोभिड १९ विरुद्धको पहिलो खोप लगाउनुभयो रु हर्न निषेधित क्षेत्र, प्लाष्टिक मुक्त क्षेत्र भनिएको थियो । तर जंगलमा त्यो लेखिएपनि मैदानमा भने पालना भएको थिएन ।

आज मात्रै देशभर २३५१ जना कोरोना भाइरसबाट संक्रमण भएका छन भने थप १० जनाले ज्यान गुमाएका छन।

  • प्रकाशित मिति : वैशाख ८, २०७८, बुधवार १५:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८