माघ -६ ,२०७७
चितवन ।कोरोना संक्रमणबाट गैँडाकोट नगरपालिका – १३ का एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका अनुसार गैंडाकोट १३ बस्ने ५५ वर्षीय पुरुषको मंगलबार साँझ ६ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो ।
पौष २३ गते भरतपुर अस्पतालमा भर्ना भएका उनलाई पौष २६ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोमबार कोभिड आइसीयूमा राखी उपचार गरिएको थियो ।
उपचारका सबै उपायहरु गर्दा गर्दै आज९ मंगलबार० कोभिड १९ बाट सृजना हुने निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८