• भदौ १५, २०८३, सोमवार Monday, 31 August, 2026

रसुवागढी जलविद्युत् आयोजनास्थलमा उद्धार टोली परिचालित

  • खबरदाता

रसुवागढी जलविद्युत् आयोजनास्थलमा उद्धार टोली परिचालित

रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ ।

यही भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत् रेकी गर्नेलगायत काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ ।

इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन् । दुईजना ज्यालादारीका कर्मचारी छन् । निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् । सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीनसम्पर्कविहीन भइरहेका छन् ।

भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चारजना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि उनीहरूको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । रासस

  • प्रकाशित मिति : भदौ १५, २०८३, सोमवार १०:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८