• भदौ १५, २०८३, सोमवार Monday, 31 August, 2026

भोटेकोसी बाढी : चितवनमा भेटिएका १९९ शव गाडियो

  • खबरदाता

भोटेकोसी बाढी : चितवनमा भेटिएका १९९ शव गाडियो

चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भएको छ । पहिचान भएका शब आफन्तलाई बुझाइएको छ ।

बाँकी शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको हो ।

नदी तटमा फेला परेका २७२ शवमा ६२ महिला, ११० पुरुष, सात बालक, ६ बालिका र ८७ जना पहिचान खुल्न नसकेका ९अन्य० छन् ।

यसमध्ये शनिबार ९६ र आइतबार १०३ गरी कूल १९९ शव सुरक्षित रूपमा गाडिएका छन् । सनाखत भई आफन्तले बुझेका १२ शवमा भने ११ पुरुष र एक बालिका छन् । रासस

  • प्रकाशित मिति : भदौ १५, २०८३, सोमवार ०९:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८