• साउन २३, २०८३, शनिवार Saturday, 08 August, 2026

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

  • खबरदाता

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेससहित सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागको भनाइ छ ।

  • प्रकाशित मिति : साउन २३, २०८३, शनिवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८