नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। स्नाकोत्तर तह (पीजी) का ३६ विषयमा भएको परीक्षामा एक हजार १३ जना सम्मिलित भएका थिए। तीमध्ये ६५ जना भने अनुत्तीर्ण भएका छन्।
काउन्सिलका निमित्त रजिस्ट्रार डा। दिपेन्द्र पाण्डेले नेपालका सरकारी मेडिकल कलेजमा पढेका चिकित्सक बढी उत्तीर्ण भएको बताए। उनले नेपालका मेडिकल कलेजबाट स्नाकोत्तर (पीजी) गरेका ९१९ जनामध्ये १५ जना मात्र अनुत्तीर्ण भएको बताए।
‘सरकारी मेडिकल कलेजमा पढेका बढी चिकित्सकले लाइसेन्स परीक्षा दिएका छन्। त्यसकारण पनि उत्तीर्ण हुनेको संख्या बढी छ,’ डा। पाण्डेले नेपालखबरसँग भने, ‘महाराजगन्ज, बीपी कोइराला धरान, पाटन, वीर अस्पताललगायत सरकारीमा पढेका चिकित्सकहरू लाइसेन्स परीक्षा दिएका थिए।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८