पुस १५,२०७९
अति दूर्लभ मानिने बन्यजन्तु रेडपाण्डाको छाला सहित चार जना पक्राउ परेका छन।
काठमाण्डौको बसुन्धारा क्षेत्रमा उनीहरुलाइ पक्राउ गरिएको महानगरिय अपराध महाशाखाले जनाएको छ।
पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ घर भई हाल काठमाण्डौको गंगबु बस्ने बर्ष ३९ को निर बहादुर घले रहेका छन।
यस्तै सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका घर भई हाल काठमाण्डौको कलंकी बस्ने बर्ष २५ को सुरेश गिरी , शिवपुरी गाउँपालिका ४ नुवाकोट घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष ३१ को कृष्ण बहादुर तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका २ घर भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष २९ को मोहनकर्ण कार्की लाइ समेत प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाइ उक्त छालाको ३० लाखमा मोलमोलाइ गर्दै गर्दा पुस १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निजहरुको साथबाट दूर्लभ बन्यजन्तु रेडपाण्डाको ४ थान छाला र निजहरुले प्रयोग गर्ने ४ थान मोबाइल बरामद गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवाश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८