• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

ओलीको तुरुपमा अल्झिएका देउवा


ओलीको तुरुपमा अल्झिएका देउवा

केपी शर्मा – पौष १८,२०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा पौष ५ गते संसद विघटनको सिफारिस शितलनिवास पुर्‍याए।सिफारिसको गन्ध सेलाउन नपाउँदै संसद भङ्ग गरियो।

त्यसको लगत्तै नेकपाकै अर्को समुहले कडा प्रतिबाद गर्‍यो।प्रतिपक्षी काङ्ग्रेसले पनि ससक्त बिरोध गर्‍यो। प्रतिपक्षी काङ्ग्रेसले त सडकमा आगोनै बाल्ने घोषणा गर्‍यो।
प्रधानमन्त्रीको कदम बिरुद्ध नेकपाको एक समुह अहिले पनि डटेर सडक सघर्समा छ । तर आँधीबेहरि सिर्जना गर्ने घोषणा गरेको काङ्ग्रेस भने अहिले टाङ मुनि पुच्छर लुकाएको कुकुर जस्तो ओलीले फालेको सानो तुरुपमा अल्झिन पुगेको छ ।

लामो समय सत्ताको बाघडोर समालेका काङ्ग्रेस सभापति देउवालाई ओलीले फालेको साझेदारिको चोक्टाले अलमलमा पारेको छ । सत्ता बाहिर बस्नु पर्दाको छट्पटिलाई ओलीको तुरुपले केहि राहत मिलेको छ ।
ओलीको कदम बिरुद्ध आन्दोलन गर्नेकि ओलीले दिएको आश्वासनको पछी लाग्ने भन्ने कुरामा काङ्ग्रेस दुई कित्तामा बिभाजन भएको छ । देउवा समुह अब ओलिसंग मिलेर सरकारमा जाने मनस्थितिमा छ भने काङ्ग्रेसकै पौडेल समुह र युवा नेताहरु ओलीको कदम बिरुद्ध जानू पर्नेमा उभिएका छन।

त्यसो त ओलिका बिरुद्धमा जानुपर्छ भन्नेहरु भित्र पनि एकथरी दाने ९दाहाल(नेपाल०समुह सँग मिलेर आन्दोलन गर्नुपर्ने पक्षमा छन भने अर्को थरी काङ्ग्रेस एक्लै आन्दोलन गर्नुपर्ने पक्षमा उभिएका छन ।

काङ्ग्रेसका सभापति देउवा भने अझै सत्तामै जाने दाउमा रहेका छन। उनले अघिल्लो पटक ओलिले आफुहरुलाई खुइलाएको बिर्सिसकेका छन या बुझपचाउँदै छन।
त्यसैले पनि काङ्ग्रेस अहिले कडा रुपमा प्रस्तुत हुन सकिरहेको देखिदैन ।

पछील्लो पटक केहि कार्यक्रमहरुमा ओलीले देउवासँगै मिलेर आलोपालो सरकार चलाउने सहमति भइसकेको भनी आफ्ना समुहका कार्यकर्तालाई थुमथुमाउँदै आएका पनि छन ।

ओलीका यिनै अभिव्यक्तिले प्रतिनिधिसभा विघटनविरूद्ध गर्ने भनिएको एकल या संयुक्त आन्दोलनमा तगारो बन्दै आएको छ ।

काङ्ग्रेस आफ्नो निर्णयमा अलमलिएपछी ओली अहिले चुनाब हुनेमा ढुक्क देखीएका छन। ओली अहिले आफूनिकट केही नेताहरुसँग( ‘संसद् पुनःस्थापना हुँदैन, भइहाल्यो भने शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, हामी मिलेर सरकार बनाउँछौं । सडक आन्दोलनको चिन्ता तपाईंहरू नगर्नुस्’ भनेर सान्त्वना दिन बाँडिरहेका छन।

त्यती मात्र हैन प्रतिनिधिसभा पुनःस्थापना भयो भने पनि देउवासँगै मिलेर आलोपालो सरकार चलाउने सहमति भइसकेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पनि काङ्ग्रेस ओलीको ललिपपमा अल्झीएको देखिन्छ ।

ओली र देउवानिकट दुवै स्रोत अहिले प्रतिनिधिसभा पुनःस्थापना भइहाल्यो भने पनि अर्को चुनाव नहुँदासम्म यी दुईबीच आलोपालो सरकार चलाउने र चुनाबमा पनि सहमति हुने दाबी गर्दै आएका छन।

यिनै उधारो आश्वासनले पनि देउवा सरकारको कदमविरुद्ध सडकमा मोर्चाबन्दी नगर्ने पक्षमा उभिएको देखिन्छ । पुनःस्थापना हुँदा वा नहुँदाको दुवै अवस्थामा ओलीसँगकै मिल्नाले आफूलाई फलिफाप हुने देउवाको आकलन छ । यही कारण कांग्रेस विभाजित भएपछि संयुक्त संघर्षमा जाने दाने नेतृत्वको नेकपाको योजना विफल भएको छ । त्यही कारण पनि ओली बिरुद्धको सडक आन्दोलन अहिले मत्थर हुन थालेको देखिन्छ ।

काङ्ग्रेस भित्र देउवाको अघि कसैको पनि दाल गल्नेवाला छैन । त्यसैले देउवासामु तुरुप फाल्दै नेकपा ओली समूह रक्षात्मक बन्दै गएको छ । नेकपा र कांग्रेसको संस्थागतभन्दा पनि ओली–देउवाको व्यक्तिगत तहमा हुने कुराकानी र समझदारीका आधारमा निर्णय हुँदै आएको छ ।

ओली र देउवाबीच कार्यगत एकता भएको यो पहिलो पटक पनि होइन । यसअघि गत पौष १ गते प्रधानमन्त्री ओलीले देउवाकै समर्थनमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यही साँझको बैठकमा उपस्थित हुने भन्दाभन्दै कांग्रेसका अरू नेता–कार्यकर्ताको विरोधपछि देउवा गएका थिएनन। तर पौष ५ मा सार्वजनिक भएको संवैधानिक आयोगका सिफारिसमा समावेश नामले उनको सहभागितालाई पुष्टि गरिसकेको छ ।

ओली र देउवाबीच यश अघि पनि मोर्चाबन्दी भने नभएको होइन तर एकता अहिले झन् बलियो भएको देखिन्छ । देउवाकै कारण कांग्रेस अलमलमा परेपछि सडक आन्दोलन गरेरै प्रतिनिधिसभा पुनःस्थापनाको माहोल बनाउने भनिरहेको नेकपा दाने पक्षलाई ठुलो झट्का लागेको छ ।

पौष १४ गते सडकमा शक्ति प्रदर्शन गरेको दाने समुहले पौष १५ गते नै पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको थियो । तर अहिले दाने समुह गुमनाम जस्तैनै देखिन्छ ।

सँगै मोर्चाबन्दी गरेर आन्दोलनमा जाने कुरामा पौडेल पक्ष सकारात्मक भए पनि देउवाको सहमति नआएका कारण दाने समुह आफ्नै ढंगले आन्दोलन गर्नेकि भन्ने तर्फ लागेको पनि देखिन्छ ।

तर देउवाको अधि चुइक्क बोल्न नसक्ने काङ्ग्रेसिहरु ओलिले फालेको तुरुप बिरुद्ध बिश्वास गरिहाल्ने अबस्थामा छैनन। आफ्नै पार्टी भित्र त सहमतीमा अघि नबडि पार्टीनै फुटोस भन्ने सोच राखेका ओलिले देउवालाई सत्ता साझेदार बनाउलान भन्नेमा बिश्वस्त हुने आधार भने देखिदैन।

  • प्रकाशित मिति : पुस १८, २०७७, शनिवार ०५:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८