कार्तिक २७,२०७७
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले नगद सहित २४ जुवाडे पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले गएराति भरतपुर महानगरपालिका ५ कैलाश नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।
स्थानीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको सूचना पाएपछि प्रहरी पुगेको थियो । नगद पाँच लाख सत्र हजार एक सय पचहत्तर रुपैंया सहित २४ जना र १६ थान कौडा समेत नियन्त्रणमा लिईएको हो ।
पक्राउ पर्नेहरुमा सुनिल कुमार क्षेत्री,सन्तोष थापा, सन्जय घले,सन्तोष प्याकुरेल, कमल तामाङ,सरोज अधिकारी, बिकास अधिकारी, लेख बहादुर गुरुङ, पुर्ण बहादुर गुरुङ, राज कुमार गुरुङ, कृष्ण बहादुर गुरुङ, प्रदिप सोडारी, राज कुमार श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ,नन्द बहादुर गुरुङ, योगेश्वर गौतम, तिलक नारायण श्रेष्ठ, मनोज गौतम, सन्तोष श्रेष्ठ, निलकण्ठ खरेल, योगेन्द्र मल्ल, प्रजित ठकुरी, बिकास मानन्धर र उमेश सुनार रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८