• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

श्रीमान मारेर खाल्डोमा पुर्ने श्रीमति र पुरुष पुर्पक्षका लागि जेल चलान

  • खवरदाता

श्रीमान मारेर खाल्डोमा पुर्ने श्रीमति र पुरुष पुर्पक्षका लागि जेल चलान

आश्विन–२६, २०७७

नवलपुर । परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेर शव गाड्ने श्रीमती सहित पुरुष पुर्पपक्षका लागि जेल चलान भएका छन् ।

जेल चलान हुनेमा हत्या गरिएका नवलपुर जिल्ला गैंडाकोट १८ हुर्चिलका ४२ वर्षीय धन बहादुर र सुगुरपाककी श्रीमती फुल माया सुगुरपाक मगर र मेख वहादुर सुनारीमगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

मेखबहादुरसँग मिलेर श्रीमती फुलमायाले गत वर्षको असार २० गते राति १२ बजेतिर दुई जनाले धनवहादुरको हत्या गरेर शव जंगलमा लगेर गाडेका थिए । हत्या गरेर हराएको भनी धेरै ढिला गरी प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय गैंडाकोटले श्रीमतीलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको थियो ।

इलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाको विशेष सक्रियतामा श्रीमतीको संलग्नतामा हत्या गरी शव गाडेको अनुसन्धानका क्रममा पत्ता लगाउन सफल भएको थियो । उनीहरु भदौ २९ गते पक्राउ परेका थिए ।

सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी अभियोग पत्र साथ नवलपुर जिल्ला अदालत कावासोतीमा पेश हूँदा असोज २५ गतेको आदेशले दुवै प्रतिवादीहरु पुर्पक्षको लागी कारागार कार्यालय , परासीमा राख्ने आदेश भएकोमा दुवै जनालाई कारागार कार्यालय परासी पठाईएको सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

  • प्रकाशित मिति : असोज २६, २०७७, सोमवार ०९:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८