आश्विन–१९,२०७७
चितवन । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
किड्नीको समस्या भएका सर्लाही लालबन्दी ८ का ४२ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । आश्विन १५ गते कलेजोमा समस्या भइ अस्पताल भर्ना भएका उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएका थियो ।
स्वास्थ्यमा समस्या आएपछी अस्पतालको कोभिड कक्षमा राखेर उपचार गरिएका उनको उपचारकै क्रममा आइतबार साँझ ५ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८