• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024

फैसला भुक्तान गर्नबाँकी फरार २३ अभियुक्त पक्राउ

  • खवरदाता

फैसला भुक्तान गर्नबाँकी फरार २३ अभियुक्त पक्राउ

आश्विन–१९ ,२०७७

नवलपुर । बेग्लाबेग्लै मुद्दामा फैसला भई सजाय तोकिएका तर फरार रहेका २३ जना अभियुत्तलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनवहादुर खाँणले दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पेश गरिएको छ ।

पक्राउ पर्नेहरुमा जालसाजी मुद्दामा ४ जना, केही सार्वजनिक अपराध मुद्दाका ३ जना, लागु औषधका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, लुटपाट १ जना, चोरी अन्य मुद्दाका १ जना, कुटपिटका ३ जना, करकापका १ जना, कर्तव्य ज्यानका १ जना र गाली बेइजती मुद्दाका २ जना रहेको प्रवक्ता खाँणले बताउनुभयो ।

यसरी २३ जनाले कैद भोग्नुपर्ने १ वर्ष २ महिना ५ दिन र १ लाख ६ हजार ७७८ रुपैयाँ कुल जरिवाना तिर्नुपर्ने २३ जना विभिन्न मितिमा पक्राउ गरिएको हो ।

  • प्रकाशित मिति : असोज १९, २०७७, सोमवार ०२:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८