• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

चाडपर्व लागेसँगै अवैध व्यापार वढ्यो

  • खवरदाता

चाडपर्व लागेसँगै अवैध व्यापार वढ्यो

आश्विन–१६, २०७७

चितवन । ठूला चाडपर्व दशैं र तिहार नजिकिएसँगै सीमामा तस्करी गर्नेहरु सक्रिए हुन थालेका छन् ।

कोभिड १९ का कारण सिमापारीबाट आउने सामाग्रीहरु ठप्प भएको बेला कपडा तस्करीहरु भने सक्रिय हुन थालेका छन् । शुक्रवारमात्रै भारतको सीमा नाकाबाट अवैध रुपमा भित्राइएको ३५९ थान लेडिज कुर्ता सलवार वरामद गरेको पश्चिम नवलपरासी प्रहरीले जानकारी दिएको छ । एउटा अटोरिक्सा सहित ४ लाख ९३ हजार ९ सय मूल्य बराबरको कपडा वरामद गरिएको छ ।

अवैध कपडा ल्याउदै गरेको अटोका चालक प्रहरीलाई देखिेपछि अटो छाडेर भागेका थिए । बिहान करिव ११ बजेको समयमा भारतबाट नेपाल तर्फ लु १ ह १९६४ नम्वरकोे अटोरिक्सामा राखि ल्याउँदै गरेको ४ बोरामा ३५९ थान कुर्ता सलवार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बरामद गरेकोे हो ।

बरामद सामान करिव १ लाख ९३ हजार ९ सय र अटोरिक्साको मुल्य ३ लाख गरी जम्मा ४ लाख ९३ हजार ९ सय मुल्य बराबर रहेको छ । प्रहरीद्धारा बरामद १ अटोरिक्सा र ३५९ थान कुर्ता सलवार आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

  • प्रकाशित मिति : असोज १६, २०७७, शुक्रवार १२:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८