• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

काभ्रेमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

  • संबाददाता

काभ्रेमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

आश्विन–६,२०७७

काभ्रे । काभ्रेमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको हो । आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले तीन जनालाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ का २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडाका २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल छन् ।

अभियुक्त युवाले रामेछापकी महिलालाई धम्की दिई पटकपटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित तीनै जना युवा पोल्ट्री फर्ममा काम गर्ने मजदुर हुन् ।

  • प्रकाशित मिति : असोज ६, २०७७, मंगलवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८